Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ


  • 1.2K
    Shares

    • images
    एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

    नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

    प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि जोगिँदै आएका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

    २०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले समानुपातिकको जनजातीतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाएको थियो। त्यसअघि भने उनी नेपाली कांग्रेसमा आवद्ध थिए। १४ औँ महाधिवेशनअघि सभापति शेरबहादुर देउवाले संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए।

    १९९० मा प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका भट्टचनले वित्तीय संस्था र कार्गो व्यवसाय पनि थालेका थिए। उनले प्रभु हेलिकप्टर पनि सञ्चालन गरेका छन्।

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - ०६:०२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij