Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा

राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले दिए राजीनामा


  • 1.0K
    Shares

    राष्ट्रिय सभाका सचिव  सुरेन्द्र अर्यालले दिए राजीनामा
    images

    काठमाडौं । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्  । उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् । 

    उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ । 

    अर्यालको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् । 

    President-office-release-1.jpg

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १५:४२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij