Logo

२०८२ कार्तिक ११ गते मंगलवार

२०८२ कार्तिक ११ गते मंगलवार

६२ अंक बढ्यो शेयर बजार, विकास बैंकमा उच्च वृद्धि

६२ अंक बढ्यो शेयर बजार, विकास बैंकमा उच्च वृद्धि


  • 687
    Shares

    ६२ अंक बढ्यो शेयर बजार, विकास बैंकमा उच्च वृद्धि
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २,५७१ को विन्दुमा कायम भएको छ । 

    आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीमो मात्रै घटेको छ । आज दिनभरिमा ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोडको शेयर कारोबार भएको छ । 

    आज व्यापार समुह बाहेक सबै समुहको सेयर बढेकोमा विकास बैंक समुहको सेयर सर्वाधिक ४.४७ प्रतिशत बढेको छ भने जलविद्युत ३.९०, जीवन बीमा ३.५५, लगानी समुह ३.१९ र फाइनान्स ३.१४ प्रतिशत बढेको छ ।

    सबैभन्दा धेरै हिमालयन पावर पाटर्नर कम्पनीको २४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    11.JPG

     

     

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १५:१७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij