Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तनहुँको आँबुखैरेनीमा माइक्रो दुर्घटना, १४ जना घाइते

तनहुँको आँबुखैरेनीमा माइक्रो दुर्घटना, १४ जना घाइते


  • 1.3K
    Shares

    • images
    तनहुँको आँबुखैरेनीमा माइक्रो दुर्घटना, १४ जना घाइते

    काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३-००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो ।

    घाइते हुनेहरुमा माइक्रो चालक ईश्वरकुमार श्रेष्ठ, शान्तामाया तामाङ, कमई तामाङ, बुधमाया तामाङ, गङ्गाबहादुर तामाङ, होमकुमारी तामाङ, रश्मी तामाङ, डोलराज तामाङ, गङ्गा तामाङ, मैतीमाया तामाङ, इन्द्रकुमारी तामाङ,गममाया तामाङ, मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन्।

    घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - १४:५१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij