Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पदयात्रा तथा हिमाल आरोहण नगर्न मनाङ प्रशासनको आग्रह

पदयात्रा तथा हिमाल आरोहण नगर्न मनाङ प्रशासनको आग्रह


  • 918
    Shares

    पदयात्रा तथा हिमाल आरोहण नगर्न मनाङ प्रशासनको आग्रह

    काठमाडौं । मनाङ जिल्लामा निरन्तर वर्षा र माथिल्लो भेगमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ।

    जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले मंगलबार एक सूचना जारी गर्दै पदयात्रा र हिमाल आरोहण कार्य तत्कालका लागि स्थगित गर्न आग्रह गरेका हुन्।

    उनका अनुसार, जल तथा मौसम विज्ञान विभागले कार्तिक १० गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा निरन्तर वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ। त्यसअनुसार मनाङ जिल्लाको तल्लो भेगमा वर्षा र माथिल्लो भेगमा निरन्तर भारी हिमपात भईरहेकाले यात्रु तथा आरोहीको सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

    567518539_2004771180063203_7061417435550183262_n_DGcqnh2AvM.png

     

     

    images
    प्रकाशित मिति :कार्तिक ११ २०८२ मंगलवार - ११:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij