२०८२ कार्तिक १० गते सोमवार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि बन्द भएको वेबसाइट सोमबारबाट अवस्थामा सञ्चालनमा आएको छ । करीब डेढ महिनादेखि बन्द रहेको वेबसाइट सर्वोच्च अदालतको सूचना-प्रविधि महाशाखाले पूर्ववत् रूपमा सञ्चालन गरेको हो ।
कागजी रूपमा मात्रै सञ्चालनमा रहेको अदालतको काम अब सोमबारबाट डिजिटल रूपमा सञ्चालन भएको छ । सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारबाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम-सीएमएस) सञ्चालन गर्छ ।
सर्वोच्च अदालतकै वेबसाइटमा आबद्ध विशेष, उच्च र जिल्ला अदालतका वेबसाइट र सूचना प्रणाली पनि अब सञ्चालन गर्ने तयारी भइरहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij