Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा सहभागी हुन मन्त्री घिसिङ भारत प्रस्थान

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा सहभागी हुन मन्त्री घिसिङ भारत प्रस्थान


  • 1.3K
    Shares

    • images
    अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा सहभागी हुन मन्त्री  घिसिङ भारत प्रस्थान

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं सभामा भाग लिन सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    ४० भन्दा बढी देशका मन्त्री सहभागी हुने सभा नयाँ दिल्लीमा १०-१३ कात्तिकमा हुने छ । आइएसएमा आवद्ध सदस्य राष्ट्रका ऊर्जा मन्त्रीहरू र प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा सहकार्यका अवसरलगायतका विषयमा उच्चस्तरीय छलफल हुने सभामा मन्त्री घिसिङले नेपालकोतर्फबाट सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो । मन्त्री घिसिङले बृहत् स्तरको स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा  विश्व अन्तरआवद्धताको परिकल्पनाबारे सभाको विषयगत सत्रमा मुख्य÷विशेष सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । 

    महासभामा सहभागी मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १५:२०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij