Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

तीन महिनामा ११ अर्ब बराबरको सुन आयात, चाँदी कति ?

तीन महिनामा ११ अर्ब बराबरको सुन आयात, चाँदी कति ?


  • 932
    Shares

    तीन महिनामा ११ अर्ब बराबरको सुन आयात, चाँदी कति ?
    images

    काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब बराबरको सुन आयात भएको छ । २०८२ साउनदेखि असोज मसान्तसम्ममा ११ अर्ब बराबरको १०५ किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ । 

    यसमध्ये १०  अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँको ६०१ किलो काँचो सुन आयात भएको भन्सार विभागले जानकारी दिएको छ भने ४७ करोड ७४ लाख ६० हजार रुपैयाँको सुनका गरगहना आयात भएको उल्लेख गरीएको छ ।

    अघिल्लो वर्षको यसै समयमा १ अर्ब ४  करोड ३२  लाख ८९ हजार रुपैयाँको १०० किलो काँचो सुन र ९४ करोड ६८ लाख १२ हजार रुपैयाँ बराबरको करिब ४ किलो गरगहना आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    २०८२ असोज मसान्तसम्ममा २० करोड १३४ लाख रुपैयाँ बरबरको १९०७१ किलो काँचो चाँदी आयात भएको छ । 

    साथै, १६  अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८१३० किलो चाँदीको धुलो र १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको ९९४४० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको छ ।  

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १५:१२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij