Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

ब्वाइज होस्टेलमा फेला पर्‍यो प्रहरीको हतकडी र लौरो

ब्वाइज होस्टेलमा फेला पर्‍यो प्रहरीको हतकडी र लौरो


  • 533
    Shares

    ब्वाइज होस्टेलमा फेला पर्‍यो प्रहरीको हतकडी र लौरो
    images

    काठमाडौं । काठमाडौंको सुविधानगरस्थित एक होस्टेलबाट प्रहरीले प्रयोग गर्ने हतकडी र लौरो बरामद गरिएको छ । आइतबार दिउँसो सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टेलबाट हतकडी र लौरो बरामद गरिएको प्रहरीले जनाएको छ ।

    ‘जेनजी’ प्रदर्शनका क्रममा लुटिएका हतियार र पोसाक उक्त होस्टेलमा रहेको सूचनाका आधारमा प्रहरीले ‘अपरेसन’ चलाएको थियो । सो क्रममा ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दानबहादुर कार्कीले बताएका छन् ।

    उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद गरेको छ ।

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १४:१७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij