Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने

विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने


  • 1.7K
    Shares

    विप्लव नेतृत्वको नेकपाले कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने

    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कात्तिक २० गतेसम्म जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । असोज २५ देखि ३० गते केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले जनसंघर्षका कार्यक्रम घोषणा गरेको हो । 

    बैठकले कात्तिक १५ गते देशव्यापी मसाल जुलुस प्रदर्शन गर्ने, कात्तिक १७ गते देशव्यापी विरोध प्रदर्शनसहित कोणसभा गर्ने र कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने निर्णय गरेको छ ।  

    नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौँमा आयोजना हुने जनसभामा सहभागी हुन स्वाधीनता र समाजवादका पक्षधरहरूलाई आह्वान गरेका छन् ।

    भ्रष्टाचारको निष्पक्ष छानबिन गर, भ्रष्टाचारीहरूलाई कारबाही गर्न विशेष न्यायालय गठन गर, अग्राधिकारसहितको समाजवाद निर्माण गर, दलाल प्रकृतिका गैरसरकारी संस्थाहरू खारेज गर, जेनजीमाथि भएको दमनको निष्पक्ष छानबिन गर, लगायतका नारा तय गरेको छ ।

    566506002_1560125441827783_6130668796026390809_n_T4e5mieZFv.jpg

     

    images
    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १२:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij