२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेकी डा.सुधा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिए ।
तर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि कार्कीको काँधमा अझै पनि ७ मन्त्रालय रहेका छन् । राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार अझै कार्कीको काँधमा परराष्ट्र, रक्षा, खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका हुन् ।
आइतबारको विस्तारसँग मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । प्रधानमन्त्री कार्कीबाहेक दुई मन्त्रीले तीन÷तीन र एक मन्त्रीले दुई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । बाँकी रहेका मन्त्रीले भने एक एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij