Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

तिहारपछि बढ्यो शेयर बजार, कारोबार रकम साढे २ अर्ब माथि

तिहारपछि बढ्यो शेयर बजार, कारोबार रकम साढे २ अर्ब माथि


  • 519
    Shares

    तिहारपछि बढ्यो शेयर बजार, कारोबार रकम साढे २ अर्ब माथि
    images

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २,५०९ को विन्दुमा कायम भएको छ । 

    आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१३ कम्पनीको ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड को शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७.१६ प्रतिशतका दरले गुमाएका हुन् ।

    त्यस्तै जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार ०.८१ प्रतिशत बढेको छ । बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी ०.३४ प्रतिशत घटेको छ ।

    9.JPG

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १५:४७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij