Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य

नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य


  • 484
    Shares

    नेपाललाई अमेरिकाले दियो २६३ रनको लक्ष्य
    images

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिकाले नेपाललाई  रनको लक्ष्य दिएको छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा विकेट गुमाएर रन बनाएको हो ।

    अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । १०० बल खेलेका पटेलले ९ चौका प्रहार गरेका छन् ।यस्तै मिलिन्द कुमारले  ५० बल खेल्दै ६ चौका र २ छक्का मद्तमा अविजित ७० रन बनाएको छ । साइतेजा मुक्काकालाले ५८ बल खेल्दै ३ चौका र १ छक्काको मदतमा ४२ रन योगदान गरेका छन् ।

    ४८ रनमा २ विकेट गुमाएको अमेरिकाका लागि स्मित पटेलल र साइतेजाले तेस्रो विकेटका लागि ९५ रनको महत्वपुर्ण साझेदारी गरेको थिए । यी दु२ ब्या६र क्रिजमा हुँदा अमेरिकाले ठुलो स्कोर बनाउने संकेत देखाएको थियो ।

    तर स्मित पटेल ३३औं ओभरमा रनआउट हुनु र साइतेजा ३५औं ओभरमा आउट भएपछि अमेरिका दबाबमा परेको थियो । मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै टिमका लागि राम्रो स्कवर बनाउन सहयोग गरे ।

    अमेरिकाले अन्तिम दुई ओभरमा ३२ रन जोडेको थियो ।बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।आजको खेलमा जित निकाल्दै नेपाल लिग-२ मा थप दुई अङ्क जोड्ने योजनामा छ ।

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १५:१३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij