Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान, आवश्यक सामग्रीको सूची तयार गर्दै

निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान, आवश्यक सामग्रीको सूची तयार गर्दै


  • 1.3K
    Shares

    निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान, आवश्यक सामग्रीको सूची तयार गर्दै
    images

    काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे ७ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। 

    बजेट अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी रहेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरे बजेट तयारीकै क्रममा रहेको बताएका छन्। उनी भने, ‘साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। तर, यसबारे अन्तिम टुंगो लाग्न बाँकी छ ।’

    निर्वाचन आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ। यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल गरिरहेको छ। यसअघि नै रहेका सामग्री समेत प्रयोग गर्ने गरी आयोगले थप आवश्यक सामग्री मात्र खरिद गर्न खोजेको जनाएको छ।

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १३:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij