Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

बिगही नदीमा छठका लागि नेपाल—भारतको साझा घाट निर्माण

बिगही नदीमा छठका लागि नेपाल—भारतको साझा घाट निर्माण


  • 2.4K
    Shares

    बिगही नदीमा छठका लागि नेपाल—भारतको साझा घाट निर्माण
    images

    धनुषा र महोत्तरी हुँदै भारतको सीमामा प्रवेश गर्ने बिगही नदीमा छठका लागि दुई देशको साझा घाट निर्माण गरिएको छ ।

    नेपाल–भारत सीमामा बिगही नदीको किनारमा करिव दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नम्बर ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ गाउँपालिका–३ को तुलसियाही र भारततर्फबाट मधवापुर र रामपुरका व्रतालुका लागि छठ घाट निर्माण गरिएको हो । दुई देश र दुई राष्ट्रियता भएपनि समान धर्म, संस्कृति, चाडपर्व, बिहेबारी र सुखदुःख आदानप्रदानको उन्नत प्रचलनले अहिले दुवैतर्फका नागरिकले साझा छठघाट निर्माण गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलल बताउनु भयो । 

    अहिले नेपाल–भारतको यो साझा घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । नेपालतर्फका मटिहानी र तुलसियाही एवं भारततर्फका मधवापुर र रामपुरका सर्वसाधारण सरसफाई तथा सजावटमा जुटेका हुन् । सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी)को उपासना गरिने यो पर्वमा निराहार व्रतको कात्तिक शुक्ल षष्ठी तिथिका साँझ अस्ताउँदो र सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई यसै घाटमा नुहाएर बर्तालुले अघ्र्य (अर्घ) दिनेछन् । यस घाटमा दुवैतर्फ (नेपाल–भारत)का गरी दुई हजार बढी व्रतालुले अघ्र्य दिने बताइएको छ । यहाँको छठघाट हेर्न १० हजार बढी श्रद्धालु उपस्थित हुने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक ८ २०८२ शनिवार - १७:२४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij