Logo

२०८२ कार्तिक ७ गते शुक्रवार

२०८२ कार्तिक ७ गते शुक्रवार

कैलालीमा नहरमा डुबेर ३ जनाको मृत्यु

कैलालीमा नहरमा डुबेर ३ जनाको मृत्यु


  • 981
    Shares

    कैलालीमा नहरमा डुबेर ३ जनाको मृत्यु
    images

    काठमाडौं । कैलालीको जानकी गाउँपालिका-५ पथरैया गुजरुवास्थित सातविघा नजिकै नहरमा डुबेर दिदी बहिनीसहित तीन जनाको ज्यान गएको छ ।

    रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीनजना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिएका छन् ।

    उनका अनुसार टीकापुर नगरपालिका-१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका-५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

    निशा र मानुषी टीकापुरस्थित जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका-१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए ।

    प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

     

    प्रकाशित मिति :कार्तिक ७ २०८२ शुक्रवार - १९:३६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij