२०८२ कार्तिक ७ गते शुक्रवार
काठमाडौं । काठमाडौंको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक जना नेपाली नागरिक बिहीबार बिहान पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक जियाओ याङ्ग र रोजिना सुनार छिन् । स्वयम्भु सानोभर्याङ स्थित सरिता महर्जनको घरमा उनीहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनाहरू समेत बरामद गरेको छ ।
नेकलेस २ थान, झुम्का २ थान, बाला ४ थान, औंठी ३ थान र शिरबन्दी १ थान बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताएका छन्। आरोपीहरूको डेराबाट प्रहरीले आईफोन र म्याकबुक पनि बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij