Logo

२०८२ कार्तिक ४ गते मंगलवार

२०८२ कार्तिक ४ गते मंगलवार

आज बुधबार कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? हेर्नुहोस् राशिफल

आज बुधबार कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? हेर्नुहोस् राशिफल


  • 71
    Shares

    आज बुधबार कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? हेर्नुहोस् राशिफल
    images

    आज बुधवार, २०८२ कार्तिक ५ गते  गोबर्धान पुजा नेपाल सम्बत 1146 प्रारम्भ गाई गोरु पुजा म्ह पुजा हलि तिहार कात्तिक शुक्ल प्रतिपदा

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सोखले खर्चको मात्रा भने बढाउनेछ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला। व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक ५ २०८२ बुधवार - ०१:०१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij