Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

पार्थीव शरीरमा श्रदाञ्जली दिँदै प्रधानमन्त्री कार्कीले भनिन्: विपिन जोशी सबै नेपाली आमाको छोरो हो

पार्थीव शरीरमा श्रदाञ्जली दिँदै प्रधानमन्त्री कार्कीले भनिन्: विपिन जोशी सबै नेपाली आमाको छोरो हो


  • 1.4K
    Shares

    पार्थीव शरीरमा श्रदाञ्जली दिँदै प्रधानमन्त्री कार्कीले भनिन्:  विपिन जोशी सबै नेपाली आमाको छोरो हो
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरिन्।

    सोमवार दिउँसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर उहाँले श्रद्धाञ्जली व्यक्त गगरिन्। श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरुले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताइन्। प्रधानमन्त्री कार्कीले विपीन जोशी सबै नेपाली आमाहरुको छोरो भएको उल्लेख गर्दै उसलाई विर्सिन नसकिने बताइन् । 

    उनले भनिन्, ‘नेपाली युवाहरुले त्यहाँ अपरणमा पर्दा र युद्धमा पर्दा कति दुःख र कस्ट भोगे होलान् ।  त्यो कुरा हामी अनुभव गर्न सक्दैनौं । एउटा नेपाली छोरो हामी सबै आमाहरुको छोरो हो । अब कसैले पनि विपीनलाई बिर्सिन सक्दैन ।’

    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा वन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

    उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् । उनको अव आजै कञ्चनपुरस्थित घरमा लैजाने तयारी छ । 

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १७:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij