Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

सिटिईभिटिका विद्यार्थीको फेरि परीक्षा लिँदा १ करोड ७५ लाख खर्च लाग्नेः मन्त्री पुन

सिटिईभिटिका विद्यार्थीको फेरि परीक्षा लिँदा १ करोड ७५ लाख खर्च लाग्नेः मन्त्री पुन


  • 939
    Shares

    सिटिईभिटिका विद्यार्थीको फेरि परीक्षा लिँदा १ करोड ७५ लाख खर्च लाग्नेः मन्त्री पुन
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिटिईभिटिको विद्यार्थीको पुन परीक्षाको लागि १ करोड ७५ लाख खर्च लाग्ने बताएका छन् । 

    मन्त्रालयमा सोमवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनको क्रममा कोशी र वाग्मति प्रदेशका सिटिईभिटिका विद्यार्थीको उत्तरपुस्तिका जलेका थिए । यहाँका १० प्रतिशत विद्यार्थीको उत्तरपुस्तिका जलेको जानकारी दिदै उनले पुन परीक्षाको लागि तयारी भइरहेको बताएका छन् । परिक्षा दिनका लागि काठमाडौं आउननपर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिएका छन् । 

    उनले भने, ‘जेनजी आन्दोलनमा सिटिईभिटिको विद्यार्थीहरुको उत्तरपुस्तीका जलेको हुनाले जो जसको कापी जलेको उनीहरुको फेरि परिक्षा लिने भन्ने कुरामा विद्याार्थीहरुको भीडभाड भयो । ती विद्यार्थीहरुको जाँच लिने भन्ने सहमति भएको छ । त्यो निर्णयमा कतिपय विद्यार्थीहरुको चित्त बुझेको छैन । उनीहरुको माग जाँच नदिई पास हुनुपर्छ भन्ने थियो । जाँच नदिई त कसरी पास गर्न सकिन्छ । खासगरि कोशी र बाग्मति प्रदेशको उत्तरपुस्तिका जलेको छ । करिब १० प्रतिशत विद्यार्थीको कापि जलेको रहेछ । त्यो जाँच उतै हुने, उतैको सेन्टरमा हुने, यता काठमाडौ आउन नपर्ने निर्णय भएको छ । त्यसको रुटिन पनि निस्किसकेको छ । सबै तयारी हुँदै छ । कापी जलेकाहरुको फेरि जाँच लिँदाखेरि झण्डै १ करोड ७५ लाख जतिको खर्च आउँदो रहेछ । त्यो सबै कुराहरुको व्यवस्था भएको छ ।’ 

    उनले सिटिईभिटिको नयाँ सम्बन्धन दिनको लागि समिति गठन गरिएको पनि जानकारी दिएका छन्। सम्बन्धनका लागि २०६९ सालदेखी हालसम्म ४४२ वटा निवेदन परेकोले उक्त निवेदनहरुलाई छानविन गरेर दुई महिनाभित्र टुङ्याउने उनले दाबी गरेका छन्। उनले सिटिईभिटिको सम्बन्धन दिन र सिटिईभिटिलाई परिमार्जन गर्न छुट्टाछुट्टै समिति गठन गरिएको पनि जानकारी दिएका छन् ।

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १५:४७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij