२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । विपिनको शव सोमबार केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा उपस्थित भएर प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्ने छिन्।
उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij