Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

जेनजीसहित आयोगमा दल दर्ताका लागि थप तीन निवेदन, बढ्दै छ संख्या

जेनजीसहित आयोगमा दल दर्ताका लागि थप तीन निवेदन, बढ्दै छ संख्या


  • 484
    Shares

    जेनजीसहित आयोगमा दल दर्ताका लागि थप तीन निवेदन, बढ्दै छ संख्या
    images

    काठमाडौं । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा थप तीनवटा निवेदन परेका छन् । आइतबार दर्ताका लागि तीन निवेदन आएको आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    नयाँ दल दर्ताका लागि राष्ट्रिय जेनजी पार्टी, नेपाल लिबरल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी रहेका छन् । जेनजी पार्टीमा हिराप्रसाद सेती अध्यक्ष रहने गरी निवेदन आएको आयोगले जनाएको छ। उक्त पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ। 

    त्यसैगरी राष्ट्रिय परिवर्तन पार्टी अजयकुमार राईको नेतृत्वमा दर्ताका लागि निवेदन दिइएको छ। राई नेतृत्वको पार्टीले चुनाव चिह्न भने बाँसुरी प्रस्ताव गरेको छ। 

    साथै, नेपाल लिबरल पार्टीमा गोपीलाल न्यौपानेको नेतृत्व रहने गरी निवेदन परेको छ भने यो पार्टीले चुनाव चिह्न भने सिक्का राख्ने प्रस्ताव गरेको छ। 

    आयोगमा असोज ९ गते नेपाल नागरिक पार्टी दर्ताको निवेदन परेको थियो। अधिवक्ता सुरेन्द्र भण्डारी नेतृत्वको पार्टीले चुनाव चिह्न ‘जेनजीको जुत्ता’ माग गरेको छ।

    त्यस्तै दिनेश प्रसाईंको नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टी दर्ताको निवेदन परेको छ। जेनजी आन्दोलन अघि नै ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वमा ‘बलेको चिम’ चिह्न माग गर्दै उज्यालो नेपाल पार्टी दर्ताको निवेदन परेको थियो। 

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १४:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij