Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

सत्य बोल्ने मेरो बानी हो, जेनजीको माग प्रधानमन्त्रीको राजीनामा थिएन : ओली

सत्य बोल्ने मेरो बानी हो, जेनजीको माग प्रधानमन्त्रीको राजीनामा थिएन : ओली


  • 393
    Shares

    सत्य बोल्ने मेरो बानी हो, जेनजीको माग प्रधानमन्त्रीको राजीनामा थिएन : ओली
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको बताएका छन् ।

    आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले जेनजी आन्दोलनका मागलाई सही र न्यायोचित ठहर गर्दै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

    ओलीले भने, ‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो,’।  ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए( भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने।’

    उनका अनुसार ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख थिए। ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्। म तिनै तीन कुराका लागि लडिरहेको थिएँ।’

     

    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १५:०८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij