Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेकपा बैठकका १७ बुँदे निर्णय सार्वजनिक, अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न नेकपाको माग

नेकपा बैठकका १७ बुँदे निर्णय सार्वजनिक, अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न नेकपाको माग


  • 2.3K
    Shares

    नेकपा बैठकका १७ बुँदे निर्णय सार्वजनिक, अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न नेकपाको माग

    काठमाडौं । विप्लव नेतृत्वको नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरिएको छ । आइतबार पत्रकार सम्मेलन गरी नेकपाले असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको हो । 

    महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा नेपालमा ५०० र १००० दरका नोट खारेज गर्न माग गरिएको छ । अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।

    नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ ।  विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको छ । 

    यसैगरी बैठकले जेनजी विद्रोह सफल भएपनि जेनजीहरु आफ्नो एजेण्डाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ । यस्तै बैठकले जेनजी विद्रोहपछि कम्युनिस्टहरुबीचको एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ । 

    n1.jpg

    n2.jpg

    n3.jpg

    images
    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १४:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij