Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

मोहन वैद्यले दिए राजीनामा

मोहन वैद्यले दिए राजीनामा


  • 575
    Shares

    मोहन वैद्यले दिए राजीनामा
    images

    काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् ।

    शनिबार राति अबेर सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको हुकुम सिंहले जानकारी दिएका छन् ।

    स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको उनको भनाइ छ भने नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश ९सीपी० गजुरेललाई नियुक्त गरिएको छ ।

    ‘किरणले शारिरक रूपमा काम गर्न नसक्ने भर्चुअल मार्फत् जानकारी गराएका छन्। गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए । लामो समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए । 

    यस्तै बैठकले स्थायी समिति सदस्यमा परी थापा र सिताराम तामाङलाई नियुक्त गरेको छ ।  

    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - ११:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij