Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

मुग्लिङ–नारायणगढ सडक खण्डमा ७ वटा गाडी एकआपसमा ठोक्कियो

मुग्लिङ–नारायणगढ सडक खण्डमा ७ वटा गाडी एकआपसमा ठोक्कियो


  • 365
    Shares

    मुग्लिङ–नारायणगढ सडक खण्डमा ७ वटा गाडी एकआपसमा ठोक्कियो
    images

    काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्ड केही गाडीहरू आपसमा ठोक्किएर दुर्घटना भएको छ । सडक खण्डको गाईघाटमा ७ वटा गाडी आपसमा ठोक्किन पुगेका हुन् ।

    एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।

    बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ । 

    प्रकाशित मिति :कार्तिक १ २०८२ शनिवार - ०७:५७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij