Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जनकपुरको सुनचाँदी पसलमा छापा मार्ने क्रममा गोली चल्यो

जनकपुरको सुनचाँदी पसलमा छापा मार्ने क्रममा गोली चल्यो


  • 1.1K
    Shares

    • images
    जनकपुरको सुनचाँदी पसलमा छापा मार्ने क्रममा गोली चल्यो

    धनुषा । जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा हवाई फायर भएको छ।

    बिलबिजकबिना सुनचाँदी खरिद–बिक्री भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले सो क्षेत्रका केही पसलमा छापा मारेको थियो। तर प्रहरीलाई स्थानीय व्यवसायीहरूले अवरोध गरेपछि परिस्थिती नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको प्रहरीका डीएसपी गणेश बमले जानकारी दिए।

    उनका अनुसार अवैध रूपमा सञ्चालित सुनचाँदी कारोबारको निगरानी गर्ने क्रममा व्यापारीहरूले प्रहरीमाथि घेरा हालेर अवरोधपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका थिए।

    घटनापछि प्रहरीले केही पसलबाट चाँदी बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि, कति राउन्ड गोली चलाइएको हो भन्ने विषयमा विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन।

    प्रकाशित मिति :कार्तिक १ २०८२ शनिवार - ०५:५९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij