Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १३४३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १५७६६

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १३४३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १५७६६


  • 7.5K
    Shares

    नेपालमा पछिल्लो २४ घण्टामा थपिए १३४३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या १५७६६
    images

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ थियो ।

    पछिल्लो २४ घण्टामा थप २१२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २० हजार २७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

     

     

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १६:१८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij