२०८२ आश्विन ३१ गते शुक्रवार
काठमाडौं । काठमाडौं उपत्यकामा ठुलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने बुलेट मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
कम्पनीले बनाएको स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण गर्दै हुइँक्याएको भेटिएपछि २ सय भन्दा बढी बुलेट मोटरसाइकल नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताएका छन् ।
ध्वनि प्रदूषणबाट स्कुले बालबालिका र एम्बुलेन्समा सवार बिरामीलाई समेत असर गरेको ट्राफिक प्रहरीको निष्कर्ष रहेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरबाट नियन्त्रणमा लिइएको ती मोटरसाइकल चालकलाई जरिवाना गरिने एसपी सुवेदीले बताएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ अनुसार स्वरूप परिवर्तन गरेर चलाएको कसुरमा १५ हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij