Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

विपद् व्यवस्थापन प्रमुखको दाबी- आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो

विपद् व्यवस्थापन प्रमुखको दाबी- आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो


  • 463
    Shares

    विपद् व्यवस्थापन प्रमुखको दाबी- आगो लागेकै रात सिंहदरबारमा दमकल पुगेको थियो
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले २४ भदौ राति नै सिंहदरबारमा लागेको आगो निभाउन दमकल पुगेको बताएका छन् ।

    शुक्रबारको कार्यपालिका बैठकमा महाशाखा प्रमुख जोशीले २४ भदौको राति ८:१५ बजे महानगरको दमकल पुगेर आगो निभाउने प्रयास गरेको बताएका हुन् । सिंहदरबारमा लागेको आगो निभाउन दमकल पठाउन गरिएका धेरै प्रयासहरू भीडका कारण असफल भएको उनको भनाइ छ । 

    ‘सिंहदरबारको आगो निभाउन दमकल २४ भदौको राति ८:१५ बजे पुगेको थियो । दुई दमकल पानीले आगो निभाउने प्रयास गरिएको पनि हो । यसको प्रमाणहरू सम्बन्धित निकायमा बुझाइ सकेका छौं,’ उनले भने, ‘आगो निभाउनका लागि विभिन्न स्थानबाट फोन आइरहेको थियो । तर, ५ वटा मात्रै दमकल हामीसँग थियो । कता-कता पुर्‍याउने ?’

     

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १४:१०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij