२०८२ आश्विन ३१ गते शुक्रवार
काठमाडौं । जेनजी आन्दोलनमा क्षति भएका सरकारी संरचनाको पुनः निर्माण गर्न बनाइएको भौतिक पूर्वाधार पुनः निर्माण कोषमा ६ करोड ७ लाख मात्रै सहयोग प्राप्त भएको छ ।
आन्दोलनपछि बनेको सरकारले गत असोज ८ गते स्थापना गरेको कोषमा आजसम्म ६ करोड ७ लाख मात्रै सहयोग जम्मा भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले सबै पक्षको सहभागितामा पुनः निर्माण कार्य अघि बढाउन स्थापना गरिएको कोषमा बिहीबारसम्म ६ करोड ६ लाख रुपैयाँ जम्मा भएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij