Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश, साधारण सभा बस्दै

हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश, साधारण सभा बस्दै


  • 1.4K
    Shares

    हिमालयन डिष्टिलरीले घोषणा गर्यो लाभांश, साधारण सभा बस्दै

    काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) रहेको छ।

    उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ३० गते आइतबार २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा आफ्नो रजिष्टर्ड कार्यालय, विरगञ्ज, पर्सामा बिहान १० बजे शुरु हुने भएको छ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - ११:११:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij