Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यी हुन् सरकारले फिर्ता बोलाएका ११ देशका राजदूतहरू (सूचीसहित)

यी हुन् सरकारले फिर्ता बोलाएका ११ देशका राजदूतहरू (सूचीसहित)


  • 673
    Shares

    • images
    यी हुन् सरकारले फिर्ता बोलाएका ११ देशका राजदूतहरू (सूचीसहित)

    काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए।

    उनका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको हो। उनीहरूलाई कात्तिक २० गतेभित्र फर्किसक्न निर्देशन पनि दिइएको उनले बताए।

    फिर्ता बोलाइएकाहरूमा चीनका लागि नेपाली राजदूत  प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत डाक्टर शैल रुपाखेती, इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डित छन् । 

    यस्तै मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेत्र प्रसाद तिमिल्सिना, कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेल, रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान साउदी अरबका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल, संयुक्त अधिराज्यका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत लोकदशर्न रेग्मी र जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको खरेलले बताए । 

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १८:०३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij