Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ओलीको पालामा नियुक्त भएका राजदूतहरू फिर्ता बोलाउने तयारी

ओलीको पालामा नियुक्त भएका राजदूतहरू फिर्ता बोलाउने तयारी


  • 2.1K
    Shares

    • images
    ओलीको पालामा नियुक्त भएका राजदूतहरू फिर्ता बोलाउने तयारी

    काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने भएको छ । त्यस सम्बन्धी निर्णय आजको मन्त्रिपरिषद्‌ बैठकबाट गर्ने तयारी छ ।

    सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रूसका लागि जंगब चौहान लगायत  रहेका छन् ।

    स्रोतका अनुसार मलेसियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिम्सिना, साउदी अरेबियाका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेललगायतलाई पनि फिर्ता बोलाउने राजदूतहरुको सूचीमा राखेको बताइएको छ ।

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १५:५३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij