Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

निर्वाचन निष्पक्ष हुनेमा शंका छः देव गुरुङ

निर्वाचन निष्पक्ष हुनेमा शंका छः देव गुरुङ


  • 400
    Shares

    निर्वाचन निष्पक्ष हुनेमा शंका छः देव गुरुङ
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् ।

    निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए। 

    सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भुमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनितिक दलहरुको विरुद्धमा लागिरहेको पनि जिकिर गरेका छन्। सरकाले दलहरुको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडी बढाएको उनको भनाई छ ।

    उनले भने, ‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । र निर्वाचनमा हामी सहभागी हुन्छौँ भन्नेकुरा पनि हो । निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो । निर्वाचनको आह्वान, निर्वाचनको मिति तोकेर निर्वाचनको आह्वान गरेको छ सरकारले हो । सरकारले निर्वाचनको लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ । त्यसकारणले गर्दाखेरि सरकारले शान्ति सुरक्षा लगायतका निर्वाचन भयमुक्त रहित वातावरणमा निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न गराउनको लागि सरकारले भुमिका निर्वाह गर्नुपर्छ । सरकारले दलहरुसँग पनि सबैसँग संवाद गर्दै सबैलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनपर्छ । अहिलेसम्मको स्थिति हेर्दाखेरि सरकारले त्यो भुमिका निर्वाह गर्न सकेको देखिँदैन । यद्यपी अस्ती राष्ट्रपति कहाँ केही संवाद त भएको छ । तरपनि सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिनुको साथै शान्तिसुरक्षा कायम राख्नुपर्छ । राजनितिक दलहरुको विरुद्धमा जुन ढंगले प्रतिसोधको भावनासहित जसरी सरकारको काम कारबाही अगाडी बढिरहेको छ । त्यसले निष्पक्ष, स्वतन्त्र ढंगवाट निर्वाचन हुन्छ भन्नेमा आंशका पैदा गराईराखेको छ । दलहरुको विरुदमा प्रतिसोध लिने, बदला लिने,  गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका सरकारले जुन काम कारबाही गरिरहेको छ, त्यसले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको छ ।’ 

    उनले सरकारलाई शान्ति सुरक्षा कायम गरेर निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरेका छन् । 

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १४:४१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij