Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ईःईःलाई बालेनको जवाफ: मिलेर आउनु, म तपाईँ लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु

ईःईःलाई बालेनको जवाफ: मिलेर आउनु, म तपाईँ लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु


  • 1.6K
    Shares

    ईःईःलाई बालेनको जवाफ: मिलेर आउनु, म तपाईँ लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक अभियन्ता ईः ईः को एक पोस्टमा कमेन्ट गर्दै आफै नेता बन्न आग्रह गरेका छन् । उनले मिलेर आए ईः ईःलाई अध्यक्ष बनाएर आफू कार्यकर्ता रहन तयार रहेको बताएका हुन् । 

    ईः ईःले सामाजिक सञ्जालमार्फत लेखेका छन्, समयले मलाई गलत प्रमाणित गरोस् भन्ने आशा सहित यो भन्दै छु-केपी, बालेन, दुर्गा जस्ता पात्रहरूबिच फेस भ्याल्यूमा वैचारिक भिन्नता होला तर राजव्यवहारिक रूपमा धेरै अन्तर छैन। तिनीहरू आफ्नो अटलता र बर्चस्व कायम गर्न जुनैपनि हदसम्म जान तयार हुन सक्छन्। यस्ता पात्रले प्रस्तुत गर्नसक्ने भन्दा विकसित र गतिशील नेतृत्वको काबिल बन्न हाम्रो समाजमा, हर मनमा गम्भीर आत्मसमीक्षा जरूरी छ। यी केवल आम हिपोक्रिसीको ऐनामात्र हुन्।

    यो पोस्टको कमेन्टमा बालेनले लेखेका छन्, ८० बर्ष पुग्दा पनि आफू पीएम बन्ने, आफू अध्यक्ष बन्ने देशमा मैले ३५ वर्षकै उमेरमा तपाईँहरू आउनुस् , देश चलाउनुस् भनिरको छु त, ई सर । सबै जना मिल्नुस, बालेनलाई मात्र नेता नसोच्नुस्, तपाईँहरू पनि लिडर बन्नुस् । म तपाईँ लाई पीएम, पार्टीको अध्यक्ष बनाउन तयार छु, सबै नयाँ लाई मिलाएर ल्याउनुस् । म कार्यकर्ता बन्न तयार छु ।

    ee_PptWxyvjbz.png

     

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १५:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij