२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ ।
तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ । सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ । बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ ।
तिहारमा टीका लाउन\लगाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij