२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । जेनजी आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पासपोर्ट बनाउने प्रक्रिया आज बुधबारबाट पुनः सुरु भएको छ ।
राहदानी आवेदनका लागि अनलाइन स्लट बुकिङको समय हरेक दिन साँझ ५ बजे खुल्ने भएको छ ।
सीमित आवेदन स्टेसन र सेवाग्राहीको बाक्लो भिड भएकाले काठमाडौं प्रशासनले सबै सेवाग्राहीलाई आवेदन फारममा उल्लेख भएको समयमा मात्र उपस्थित हुन् अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij