Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति

राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति


  • 344
    Shares

    राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति
    images

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

    भेटमा अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको हो। 

    विश्वभरका १८१ देशका सांसदहरू सदस्य रहेको आइपियूको १५१ अ‍ौँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९-२३ मा सम्पन्न हुँदैछ।  उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा सङ्घीय संसद्को एक प्रतिनिधि मण्डल जाँदैछ। 

    आइपीयूको महासभामा नेपालको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा अध्यक्ष दाहालले गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि छलफल गरेका थिए ।

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १३:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij