२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी दिएका छन् ।
केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन् ।
उनले नेकपा एमालेले राम्रो काम गरेकै कारण निशानामा परेको भन्दै सरकारमा रहँदा एमालेले देश र जनताको हितमा काम गरेको दाबी गरेका छन् ।
‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने– ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एक छिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’
उनले आर्थिक रूप र दिगो विकासका लक्ष्यमा काम गरिरहँदा अर्को वर्ष नेपाललाई अल्पविकसितबाट विकसित राष्ट्रमा विकसित गर्ने अनुकूल स्थिति सिर्जना गरिहेका उल्लेख गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij