२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको बताएका छन् । बुधबार एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशलाई प्रतिक्रान्तितिर लैजानबाट रोक्नुपर्ने बताएका छन् ।
ओलीले सम्बोधनको सुरुमै भने, ‘यदि हामीले प्रभावकारी रोक्न सकेनौ भने देश त्यतातिर धकेलिएको छ र देश बर्बादीतर्फ धकेलिएको छ।’ ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्नेछ ।’
ओलीले राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा परेको बताएका छन् । उनले जेनजी आन्दोलनमा एमाले प्रहारको निशाना बनेको पनि बताएका छन् ।
‘हामी प्रहारको बढी निशानामा परेका छौ’, ओलीले भने, ‘किन निशाना परेका छौँ रु हामीले नराम्रा काम र नराम्रा नीति लिएर हो र, होइन । हाम्रा नीतिहरू राम्रा भएर हो ।’
उनले नेपाली कम्युनिस्ट आन्दोलन र नेकपा एमाले भन्दा के बुझ्छौ भन्दै एमाले स्थापनाकालदेखि कम्युनिस्ट आन्दोलनको मूलधारमा रहँदै आएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij