२०८२ आश्विन २९ गते बुधवार
काठमाडौं । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा शुकराम दराई, रेशम दराई र कमल गुरुङ रहेका छन् ।आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सो घटनामा जितेन्द्र महतो र अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij