Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राप्रपामा झन् विवाद चर्किंदै, दुई महामन्त्रीद्वारा कार्यसम्पादन समितिको बैठक बहिस्कार

राप्रपामा झन् विवाद चर्किंदै, दुई महामन्त्रीद्वारा कार्यसम्पादन समितिको बैठक बहिस्कार


  • 1.4K
    Shares

    राप्रपामा झन् विवाद चर्किंदै, दुई महामन्त्रीद्वारा कार्यसम्पादन समितिको बैठक बहिस्कार

    काठमाडौं । राप्रपाका दुई जना महामन्त्रीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । ४ बुँदे माग अघि सार्दै महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको बैठक बाहिस्कार गरेका हुन् ।

    उनीहरुले विधानबमोजिम महाधिवेशन सम्पर्क गर्न महाधिवेशनको मिति तोकिनुपर्ने, विधानविपरीत भएका निष्काशन र कारबाहीसम्बन्धी निर्णयहरु फिर्ता गरिनुपर्ने,  निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्नुपर्ने, प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षहरुसहितको समाधान समिति गठन गरिनुपर्ने उनीहरुको माग रहेको छ ।

    यही जानकारीसहित महामन्त्रीद्वयले अध्यक्षलाई पत्र बुझाएर बैठक बहिस्कार गरेको एक नेताले जानकारी दिएका छन् । 

    rpp-bibad.jpg


     

     

    images
    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - ११:५५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij