Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण


  • 302
    Shares

    नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा ४.३ र सन २०२६ मा ५.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

    आइएमएफले मंगलबार ‘वर्ल्ड एकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । सन् २०२३ मा २ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.७ प्रतिशत रहेको थियो । 

    यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर ४.३ प्रतिशत पुग्ने आइएमएफले अनुमान गरेको छ । यस्तै, नेपालले सन् २०२६ मा ५.२ र सन् २०३० मा ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ । नेपालको मूल्यवृद्धि सन् २०२५ मा चार दशमलव एक र २०२६ मा ४.२ प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ । 

    आइएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमानसमेत गरेको छ । सन् २०२४ मा ३.३ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा ३.२ र २०२६ मा ३.१ प्रतिशत रहने अनुमान गरिएको हो ।

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - ११:३८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij