Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

सभामुखले बोलाएको बैठकमा रास्वपासहितका चार दल अनुपस्थित

सभामुखले बोलाएको बैठकमा रास्वपासहितका चार दल अनुपस्थित


  • 470
    Shares

    सभामुखले बोलाएको बैठकमा रास्वपासहितका चार दल अनुपस्थित
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका चार दल सहभागी भएनन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी बैठकमा सभामुखले १० राजनीतिक दललाई बोलाएकोमा चार दल भने अनुपस्थित भएका हुन् ।

    बैठकमा रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी नभएका हुन् । सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले १० दलको बैठक बोलाइएकामा ६ दलका प्रतिनिधि मात्रै उपस्थित भएका जानकारी दिएका छन् ।

    बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सहभागी रहेका छन् ।

    प्रतिनिधिसभा पुरस्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले राजनीतिक दलहरूको राय माग्न बैठक बोलाएका हुन् । सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक बोलाएका छन् । 

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - ११:२४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij