Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

आज यी भुभागमा  वर्षाको सम्भावना

आज यी भुभागमा  वर्षाको सम्भावना


  • 351
    Shares

    आज यी भुभागमा  वर्षाको सम्भावना
    images

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
    यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    आज सूर्योदय बिहान ६ बजेर ४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३५ मिनेटमा हुनेछ ।

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - ०८:१४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij