Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

आज दिनभरको ३१ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको ३१ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 386
    Shares

    आज दिनभरको ३१ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. होम एण्ड अवे आवधारणा स¥यो, लिग समयमै गर्छौंः एन्फा

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपल्टदेखि शिर्ष डिभिजन लिग होम एण्ड अवेको अवधारणामा गर्ने योजनाबाट केही समय पछाडि सरेको बताएको छ । शिर्ष डिभिजनका लिगका क्लबकै मागअनुरूप एन्फा तत्कालका लागि होम एण्ड अवेको आवधारणबाट पछि हटेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार पत्रकार सम्मेलन गर्दै एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग छिटै गर्ने भए पनि होम एण्ड अवेको अवधारणा केही समयका लागि पछि सार्ने जनाएको छ ।

    २. नेपाली काँग्रेसको एकता आजको आवश्यकताः सभापति देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको एकता आजको आवश्यकता भएको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देशमा संकट उत्पन्न भएको अवस्थामा पार्टीका नेताहरुबीच व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर देशलाई साक्षी राखेर एकतावद्ध हुनुपर्ने बताउनु भयो । अहिले व्यक्तिगत वा समूहगत रुची–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण रहेको बताउनु भयो । 

    ३. वसन्तपुरमा भारतीय अभिनेता राजीव पिल्लरको इण्डो–नेपाल फ्राइण्सिप सम्बन्धी गीतको छायांकन शुरु

    महानायक राजेश हमाल र नीति शाह अभिनित म्युजिक भिडियोको छायांकन शुरु भएको छ । मंगलवार काठमाडौंको वसन्तपुरमा गीतको भिडियो छायांकन शुरु गरिएको हो । छायांकनका क्रममा अभिनेत्री शाह, भारतीय अभिनेता राजीव पिल्लर सहभागी हुनुहुन्थ्यो । गीत पनि भारतीय अभिनेता राजीव पिल्लरको रहेको अभिनेत्री शाहले बताउनु भयो । गीत नेपाल–भारत मित्रताको बारेमा रहेको अभिनेत्री शाहले जानकारी दिनुभयो । इण्डो–नेपाल फ्राइण्सिप म्युजिक भिडियोका सुटिङ गरिरहेको उहाँको भनाइ छ ।

    ४. राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा बेलाबेला यस्ता घटना हुन्छन््ः देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको अवस्था कुनैपनि बेला आउनसक्ने बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भदौ २४ गते सिंगो मुलुक जलेको बेला आफू र आफ्नो परिवारमाथि ज्यान लिने मनशायले सांघातिक आक्रमण भएको बताउनु भयो । घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको बताउनु भयो । आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटो प्रचार गरिएको बताउनु भयो । आफ्नो राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झँदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने शाहस राख्नुपर्ने बताउनु भयो ।

    ५. माओवादी र समाजवादी निर्वाचनको तयारीमा जुट्दा काँग्रेस–एमाले छैनन् तयार

    मुलुकमा व्याप्त भ्रष्टाचार, बेथिति र आर्थिक असमानताका विरुद्धमा जेन–जी पुस्ताले गरेको विद्रोहले मुलुकको राष्ट्रिय राजाीतिमा नयाँ अध्यायको शुरुवात भयो । गत भदौ २३ गतेको भएको जेन–जी युवाको शान्तीपूर्ण आन्दोलनमा सरकारले दमन गर्दा १९ जना विद्यार्थी तथा युवाहरुले ज्यान गुमाए । त्यसपछि राज्य दमनबाट आक्रोशित जेन—जीलाई समाजका विभिन्न वर्ग र समूहले साथ दिँदा उनीहरुले राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नियन्त्रणमा लिएर ध्वस्त पारे । त्यति मात्रै होइन स्थानीय र प्रदेश संरचना, सरकारी कार्यालयहरु, औद्योगिक भवन, राजनीतिक दलका नेताहरुको निजी आवासमा समेत तोडफोड, आगजनी र लुटपाट मच्चाए ।

    ६. मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

    मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सभाको रोष्टमबाटै आफ्नो राजीनामाको घोषणा गर्नुभएको छ । मार्ग प्रशस्त गर्न भन्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो । रोष्टमबाटै आफनो पार्टी जनमत र पार्टी अध्यक्ष डा। चन्द्रकान्त राउतलाई सांकेतिक रुपमा विभिन्न आरोप समेत लगाउनु भयो । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन मंगलवार प्रदेश सभामा विश्वासको मत सामना नगरी रोष्टमबाटै राजिनामाको घोषणा गर्नुभयो । आफ्नो अन्तिम वक्तव्यको अन्तिममा राजीनामाको घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गर्नुभयो । .

    ७. भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध हो, महत्वपूर्ण अंगहरुको मनोबल गिरेको छः देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । यसको पुष्टि घटनापछि आइरहेका तथ्यहरुले प्रमाणित गरिरहेको बताउनु भयो । उहाँले जेन—जीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । जेन जीको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्ने बताउनु भयो । यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने बताउनु भयो ।

    ८. भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटना निष्पक्ष छानविन गरी कारबाही होस्ः देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटनाहरुको सत्य तथ्य छानविन गर्न माग गर्नुभएको छ । मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गर्नेमाथि छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । काँग्रेसको केन्द्रिय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिव १ सय २५ जना नेताहरुको निजी घर र डेरामा आक्रमण तथा लुटपाट रआगजनी गरेकोप्रति भत्र्सना गर्नुभयो ।

    ९.नेपाली काँग्रेसको एकता आजको आवश्यकताः सभापति देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको एकता आजको आवश्यकता भएको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । देशमा संकट उत्पन्न भएको अवस्थामा पार्टीका नेताहरुबीच व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाँती राखेर देशलाई साक्षी राखेर एकतावद्ध हुनुपर्ने बताउनु भयो । अहिले व्यक्तिगत वा समूहगत रुची–अरुची, हित–अहित वा लाभहानीका सबै विषय गौण रहेको बताउनु भयो । 

    १०. गिरिबन्धु टि—स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

    अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि—स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ । सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि—स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको हो । नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त रु भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताउनु भयो । लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । 

    ११. अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन, संघीयता खारेजीको माग उठे मौन बस्दैनौँः उपेन्द्र यादव

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गर्नुभएको छ । जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनसक्ने विश्वास दिलाउन नसकेको बताउनुभएको हो । उहाँले निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको बताउनु भयो । राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको जिकिर गर्नुभयो ।

    १२. चिनियाँ उड्ने कार युएईमा प्रदर्शन

    चिनियाँ कम्पनी एक्सपेङ्ग एरोथद्वारा विकसित उडान कारले संयुक्त अरब इमिरेट्सको आकाशमा उडान भरेको छ । जसलाई चीनको कम उचाईको विमान प्रविधिको विश्वव्यापी पहुँचमा एक महत्वपूर्ण कदमका रुपमा लिइएको छ । उडानले कम्पनीको पछिल्लो पुस्ताको मोडेल ल्याण्ड एयरक्राफ्ट क्यारियर प्रदर्शन गरेको हो । जसमा मदरशिप भनेर चिनिने जमिन सवारी साधन र एक छुट्याउन सकिने एयर मोड्युल समावेश छ । विमानले स्वचालित र म्यानुअल उडान सञ्चालन दुवै प्रदान गर्दछ । 

    १३. दर्जनौं मुक्त प्यालेस्टिनी कैदीहरू आदानप्रदान सम्झौता अन्तर्गत गाजामा पुगे

    इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच भएको युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत सोमवार इजरायलद्वारा रिहा गरिएका सयौं प्यालेस्टिनी कैदीहरू गाजा पट्टीमा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिद्वारा सञ्चालित बसहरूले रिहा गरिएका प्यालेस्टिनीहरूलाई दक्षिणपूर्वी गाजाको केरेम शालोम क्रसिङ हुँदै एन्क्लेभमा पु¥याएको हो । 

    १४. प्रतिकुल परिस्थितिमा पनि चीनको वैदेशिक व्यापार स्थिर

    २०२५ को सशरुवातदेखि नै जटिल वाह्य वातावरणको बीचमा चीनको वैदेशिक व्यापारले स्थिरता कायम राखेको छ । सकारात्मक विकास प्रवृत्तिलाई कायम राखेको चीनले जनाएको छ । भन्सार सामान्य प्रशासनका उपप्रमुख वाङ जुनले सोमवार एक पत्रकार सम्मेलनमा यसबारे टिप्पणी गर्नुभएको हो । भन्सार सामान्य प्रशासनकाअनुसार २०२५ को पहिलो नौ महिनामा चीनको युआन–निर्यातमा कुल सामान आयात र निर्यात ३३।६१ ट्रिलियन युआन ९लगभग ४।७३ ट्रिलियन अमेरिकी डलर० पुगेको छ । जुन वर्ष–दर–वर्ष ४ प्रतिशतले बढेको छ ।

    १५. फिर्ता बोलाइएका राजदुतहरू युरोपेली राजधानीहरूमा फर्किएः इरान

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमवार तेहरानमा अन्तर्राष्ट्रिय प्रतिवन्धहरू पुनस्र्थापित भएपछि फिर्ता बोलाइएका फ्रान्स, बेलायत र जर्मनीका लागि देशका राजदुतहरू युरोपेली राजधानीहरूमा आफ्नो नियोग स्थानमा फर्किएको बताउनुभएको छ । तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । तीन राजदुतहरूलाई परामर्शको लागि इरानमा फिर्ता बोलाइएको बताउनु भयो । बगाईले इरान र तीन युरोपेली राज्यहरू बीचको सम्बन्धका विभिन्न पक्षहरूको समीक्षा गर्न तेहरानमा धेरै बैठकहरूमा भाग लिएपछि राजदुतहरू पेरिस, लण्डन र बर्लिन फर्किएको बताउनु भयो ।

    १६. विकासमा महिलाको भुमिका प्रशंसायोग्यः श्रीलंकाली प्रधानमन्त्री

    महिलासम्बन्धी विश्वव्यापी नेताहरूको बैठक अक्टोबर १३ देखि १४ सम्म बेइजिङमा चलिरहेको छ । बैठकमा भाग लिनुअघि विशेष अन्तर्वार्तामा श्रीलंकाली प्रधानमन्त्री हरिनी अमरासुरियाले विश्वव्यापी प्रगतिमा महिला विकासको महत्वपूर्ण भुमिका र स्रोतहरूमा उनीहरूको समान पहुँचलाई प्रकाश पार्नुभयो । विश्वको जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाहरूको रहेको उल्लेख गर्दै कुनैपनि विकासका पहलमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।  

    १७. हमासद्वारा गाजामा इजरायली वन्धकहरूको दोस्रो समूह हस्तान्तरण

    हमासले सोमवार गाजामा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई १३ थप वन्धकहरूलाई हस्तान्तरण गरेको बताएको छ । जुन समूहद्वारा राखिएका अन्तिम जीवित वन्धकहरूको रिहाइको रूपमा चिनिन्छ । इजिप्ट र कतारको मध्यस्थतामा भएको ठूलो मात्रामा कैदी आदानप्रदानको एक भागको रूपमा सात इजरायली वन्धकहरूको पहिलो समूहलाई दिनको शुरुमा रिहा गरिएको थियो । जसमा आईसीआरसीले इजरायली पक्षलाई हस्तान्तरण गर्न सहजीकरण गरेको थियो ।

    १८. प्रधानमन्त्री नियुक्ति र संसद विघटन असंवैधानिकः तत्काल अन्तरिम आदेशको माग

    सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधि सभा विघटनका विरुद्ध रिट दायर भएको छ । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनले प्रभावित बनेको सर्वोच्चले मंगलवारबाट रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ शुरु गरेको हो । मंगलवार नै प्रधानमन्त्रीको नियुक्ति र संसद विघटनका विरुद्ध मुद्दा दर्ता गर्ने क्रम जारी छ । जेन—जी प्रदर्शनपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन गर्नुभएको थियो । 

    १९. सर्वोच्च अदालतमा रिट निवेदन दर्तासहित सबै सेवा सञ्चालनमा

    सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई शुरु भएको छ । सर्वोच्च अदालतले मंगलवारदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । सर्वोच्चले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएको छ । मंगलवार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको हो । जेन—जी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए ।

    २०. असमानता र सामाजिक सुरक्षाको कमजोरीले महिला श्रमिकहरुको जीवन थप कष्टकर बन्दै गएको छः पूर्वअध्यक्ष कुँवर  

    संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का पूर्वअध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरूबीचको असमानता र सामाजिक सुरक्षाको कमजोरीले महिला श्रमिकहरुको जीवन थप कष्टकर बन्दै गएको बताउनुभएको छ । मंगलवार जेटियुसीसी महिला समितिद्वारा काठमाडौंमा आयोजित ‘जलवायु परिवर्तनको कारण महिलामा पर्ने प्रभाव, न्यायोचित रुपान्तरण र लैंगिक सवालहरु’ विषयक महिला सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको  हो । जलवायु परिवर्तनको कारणले अनौपचारिक क्षेत्रका श्रमिकहरु सबैभन्दा धेरै प्रभावित भएको उहाँको भनाइ छ । श्रमिक समूहहरुमा समेत महिला श्रमिक निकै कमजोर अवस्था रहेको उल्लेख गर्दै महिला सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण काम गर्न आवश्यक रहेको बताउनु भयो । 

    २१. दलहरुले जेन–जी पुस्तासँग समेत संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ ः काँग्रेस नेता भण्डारी

    नेपाली काँग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । मंगवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताउनु भयो । उहाँले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रिय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताउनु भयो । 

    २२. धनतरेसलक्षित चाँदीको मेडालियन वितरण शुरु

    तिहार ९धनतेरस०लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन ९सिक्का० विक्री वितरण शुरु गरेको छ । धनतरेसलक्षित राष्ट्र बैंकले चार प्रकारका सिक्का विक्री वितरण शुरु गरेको हो । तर यो वर्ष सुनका असर्फी भने विक्री नगरिने राष्ट्र बैंकले जनाएको छ । मेडालियन विक्री वितरण शुरु भएसँगै नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा सिक्का किन्नेहरुको भीड लागेको छ । महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिनेछ ।

    २३. नेपाली काँग्रेसलाई एकतावद्ध बनाउन आवश्यकः प्रवक्ता महत

    नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी, संविधान र राष्ट्रियतामाथि आक्रमण भइरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले अगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरुले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाउनेगरेकोमा आपत्ति समेत जनाउनु भयो । 

    २४. सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटनसम्बन्धी १० वटा रिट निवेदन, दर्ता हुन बाँकी

    सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया शुरु भएसँगै मंगलवार चार वटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलवार चार वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताउनु भयो । उहाँकाअनुसार चारवटै रिटमाथि बुधवारको लागि पेसी तोकिएको छ । पाण्डेले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको अमाग गर्दै १० वटा मुद्दाहरु आएको पनि बताउनु भयो । यद्यपि ती मुद्दाहरु अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ । 

    २५. आगामी महाधिवेशनपछि म काँग्रेस सभापति रहँदिनः देउवा

    नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आगामी १५ औं महाधिवेशनबाट आपूmले पार्टीको नेतृत्व छोडने दोहो¥याउनुभएको छ । जेन—जी आन्दोलनपछि मंगलबार पहिलो पटक सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकलाई लिखित सम्बोधन गर्दै हाल पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५ औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पार्नुभएको हो । सभापति देउवाले घरमा सधैं एकै जना मुली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गर्नुभयो । त्यस अवसरमा सभापति देउवाले आफूले यसअघि नै १५ आंै महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताउनु भयो ।

    २६. काँग्रेस सभापति देउवा सार्वजनिक, केन्द्रिय समिति बैठकमा सहभागी

    नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सार्वजनिक हुनुभएको छ । जनजी प्रदर्शनकारीहरुको कुटाईबाट गम्भिर घाइते हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समिति बैठकमा सहभागी हुनका लागि भर्खरै पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएको हो । बुढानिलकण्ठस्थित आफ्नै निवासमा जेनजी प्रर्दशनकारीहरुले देउवा र उहाँकी पत्नी एवं काँग्रेस नेतृ डा। आरजु राणालाई घाइते हुनेगरी कुटपिट गरेका थिए । 

    २७. देउवा सार्वजनिक हुने भएपछि काँग्रेस मुख्यालय सानेपामा सुरक्षा व्यवस्था मजबुत

    नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा केहीबेरमा शुरु हँुँदैछ । जेन—जी आन्दोलनकारीहरुले आफ्नै निवासमा सांघातिक आक्रमणबाट घाइते हुनुभएका सभापति शेरबहादुर देउवा पनि सो बैठकमार्फत पहिलो पटक सार्वजनिक हुन लाग्नुभएको छ । सभापति देउवा बैठकमा सहभागी हुनेभएपछि नेपालीको काँग्रेसको मुख्यालयमा कठा सुरक्षा प्रवन्ध गरिएको छ । प्रहरीको साथ नेपाली काँग्रेसका युवा संगठन तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मुख्यालयमा सुरक्षा दिइरहेका छन् ।

    २८. भूमि आयोग खारेजको विरोधमा एमालेमा आवद्ध किसान महासंघद्वारा सडक संघर्ष शुरु

    सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन शुरु गरेको छ । मंगलवार अपरान्ह महासंघको आह्वानमा काठमाडौंका तीनकुनेमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो । सो सभामा बोल्दै महासंघका अध्यक्ष डा। प्रेम दंगालले सो आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधिबेहरी सृजना गर्ने चेतावनी दिनुभयो । उहाँले गरिव किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरु सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पार्नुभयो । 

    २९. भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो शुरु

    काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो शुरु भएको छ । मंगलवार एक कार्यक्रमबीच कृषि सचिव डा। गोविन्दप्रसाद शर्माले सो एक्स्पोको उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले सरकारले कृषि नीतिलाई व्यवसायीमैत्री बनाएको हुनाले पुष्प किसान पनि मारमा पर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले किसान मर्कामा पर्ने अवस्था आउन नदिने गरी सरकारले आन्तरिक बजारको प्रवद्र्धनमा जोड दिने नीति ल्याएको पनि स्पष्ट पार्नुभयो । 

    ३०. सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन ध्यान देओस्ः देउवा

    नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि ध्यान दिनुपर्ने बताउनुभएको छ । जेन—जी आन्दोलनपछि पहिलो पटक मंगलवार पार्टी मुख्यालय सानेपामा सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रिय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै सो आवश्यकता औंल्याउनुभएको हो । सभापति देउवाले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा बन्न नसकेको उल्लेख गर्दै सबै दललाई निर्वाचनमा सहभागी गराउने गरी आवश्यक वातावरण सरकारले बताउनुपर्ने बताउनु भयो ।

    ३१. अब कसरी बनाउने लगानीको वातावरण ?

    गत भदौको अन्त्यतिर भएको जेन—जी आन्दोलनपछि मुलुकमा अस्थिरताको खतरा बढेको छ । जेन—जी विद्रोहपछि प्रतिनिधि सभा विघटन, काँग्रेस–एमाले नेतृत्वको सरकार अपदस्त हुँदै पूर्वप्रधानन्यायधिश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकार मुलुकमा बनेको छ । तर काँग्रेस–एमाले अझैपनि चुनावका लागि तयार छैनन् र अहिलेको सरकार सिमित दायरामा रहनुपर्ने बाध्यता, जेन—जीहरुको आकंक्षा बढ्दै जाँदा मुलुकमा अस्थिरता बढ्ने खतरा बलियो बन्दै गएको जानकारहरुले बताएका छन् । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - २०:०१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij