Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

चालु खाता एवं शोधनान्तर स्थितिमा व्यापक सुधार, एफडीआई भने घट्यो

चालु खाता एवं शोधनान्तर स्थितिमा व्यापक सुधार, एफडीआई भने घट्यो


  • 967
    Shares

    चालु खाता एवं शोधनान्तर स्थितिमा व्यापक सुधार, एफडीआई भने घट्यो

    काठमाडौं ।  चालु खाता एवं शोधनान्तर स्थितिमा व्यापक सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा यो अवस्था सकारात्मक देखिएको हो । 

    समीक्षा अवधिमा चालु खाता १३० अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको छ भने गत वर्षको सोही अवधिमा यो खाता ५४ अर्ब ४१ करोडले बचतमा थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यो अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यसैगरी १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । 

    यो अवधिमा शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ७७ करोड रुपैयाँले बचतमा रहेको थियो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा छ । 

     

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १७:५८:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij