Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन


  • 295
    Shares

    मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन
    images

    काठमाडौं । नेपाल-चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले २ अर्ब २४ करोड ३ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व सङ्कलन भएको हो । 

    यहाँ २०८० कार्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै लक्ष्य गरी खुला गरिएको कोरलानाकामा भन्सार गतिविधि आंशिक रूपमा सक्रिय रहेकामा पूर्ण रूपमा नाकामा व्यापारिक कारोबारका लागि आयातरनिर्यात खुल्ला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको हो ।

    विभागले कोरलानाका सञ्चालनका लागि प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसँगै यहाँ व्यापारिक चहलरपहल बढेको हो ।

    भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन समय लागेकामा दसैँ अघिसम्म कोरलानाकाबाट आयातरनिर्यातबाट २ अर्ब २ करोड ९६ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिएका छन् । 

    चीनबाट कोरलानाका हुँदै भित्रिएका मालवस्तु वाहक र विद्युतीय कारको जाँच पास चलिरहँदा दसैँ बिदा परेका कारण भन्सार कार्यालय एक साता बढी बन्द हुन पुगेको थियो । दसैँपछि मुस्ताङ भन्सार कार्यालयको सेवा सञ्चालनमा आएको हो । 

    हालसम्म कार्यालयबाट चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका ३८७ वटाको भन्सार जाँच पास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेको खड्काले बताएका छन् । 

    चीनबाट आयात गरिएका विभिन्न कम्पनीका एक हजार १९४ विद्युतीय कारको भन्सार जाँच पास भइसकेको छ । 

    नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका पाँच वटा मालवाहक साधन भन्सारमा जाँच पास भई चीनतर्फ निर्यात भएको उनले जानकारी दिएका छन् ।

    मुस्ताङ भन्सार कार्यालयमा दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँच पास भएको बताइएको छ । 

    कोरलानाकाबाट हुने व्यापारिक आयातरनिर्यात तथा मुस्ताङ भन्सार कार्यालयले प्रवाह गर्ने सेवासुविधामा बाह्रै महिना सञ्चालन गर्न कठिन देखिन्छ । 

    समुन्द्री सतहको चार हजार ६१० मिटर अग्लो उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हिउँदयामको मङ्सिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयातरनिर्यातलगायत भन्सार कार्यालयको सेवा सञ्चालनमा उत्तिकै चुनौती हुने देखिन्छ । 

    नाकामा मालवस्तु ढुवानीका साधन र चीनबाट आयात हुने विद्युतीय कार चिसोले चल्न नसक्ने र ढुवानी साधनका चालक तथा सहचालक र भन्सारका कर्मचारीहरू मौसम प्रतिकूलताका कारण बस्न सक्ने अवस्था रहने भएकाले यहाँको नाकाबाट बाह्रै महिना काम गर्न समस्या देखिने गर्छ । 

    नाकामा अत्यधिक चिसो र हिउँ पर्ने, पानीको स्रोत जम्ने तथा सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेँसी झर्ने परम्पराले गर्दा नाका सञ्चालनमा अप्ठ्यारो पर्ने देखिन्छ ।

    नेपालतर्फको वातावरणमैत्री पूर्वाधार नहुँदा र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँदयाममा कोरलानाका पूर्ण रूपमा सञ्चालन गर्नमा चुनौती हुने गरेको प्रमुख खड्काले बताएका छन् ।  

     

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १७:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij