२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । काठमाडौं महानगरपालिका–११ स्थित सुन्धारामा रहेको होटलमा एक जना शिक्षक मृत अवस्थामा भेटिएका छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ टक्सेरा घर भएका ४६ वर्षीय सुरेश पुन मगर मृत भेटिएका हुन् ।
मंगलबार मृत भेटिएका उनको शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए । उनी रुकुम पश्चिम स्थित सिस्ने सनराइज बोर्डिङ स्कुलको प्रिन्सिपल हुन् ।
पुन मगर १ महिनादेखि सुन्धारा स्थित होटल रोयल थकालीमा बस्दै आएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार घटना शङ्कास्पद देखिएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij